गृहको परिपत्रपछि मोरङमा नागरिकता लिन आउनेको भीड,एकैदिन १ सय ३८ जनाले लिए नागरिकता

गृहको परिपत्रपछि मोरङमा नागरिकता लिन आउनेको भीड,एकैदिन १ सय ३८ जनाले लिए नागरिकता

विराटनगर, चैत २१
जन्मसिद्धका सन्तानलाई वंशजको नागरिकता वितरण सुरु गरेसँगै जिल्ला प्रशासन कार्यालय मोरङमा नागरिकता लिन आउनेको भीड लागेको छ।

जिल्ला प्रशासन कार्यालय मोरङका अनुसार बिहीबार एकै दिनमा १ सय ३८ जनाले वंशजको नागरिकता लिएका छन् भने अन्य ६२ जनाले प्रक्रिया पुरा गरेर नागरिकता लिने लाइनमा छन्।

गृहमन्त्रालयले परिपत्र गरेलगत्तै पहिलो पटक मोरङबाट बुधबार इशा चौधरी अग्रवालले वंशजको नागरिकता प्राप्त गरेकी थिइन्। नागरिकता लिनेको भीड बढेसँगै जिल्ला प्रशासन कार्यालयले नागरिकता सिफारिस फाँटमा कर्मचारी थप गरेको सहायक प्रमुख जिल्ला अधिकारी उमेश प्रसाद पाण्डेले बताए।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.