नेपाल-भारत सीमा ३ दिन बन्द हुने

नेपाल-भारत सीमा ३ दिन बन्द हुने

बैतडी : भारतसँग सीमा जोडिएका बैतडीसहित सुदूरपश्चिमका सबै नाका ३ दिनका लागि बन्द हुने भएका छन् । यही चैत्र २८ गते भारतमा हुने लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै नेपाल भारत सीमानाका बन्द हुने बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिनुभयो ।

भारतको उत्तराखण्ड प्रदेशसँग जोडिएको सुदूरपश्चिमका सबै नाकाहरु चैत २६ गतेदेखि २८ गतेसम्मका लागि बन्द हुने भएका हुन् । यसअघि भारतको पिथौरागढमा सम्पन्न नेपाल भारत सुरक्ष बैठकले उक्त निर्णय गरेको हो ।, यो समाचार नेपाल समाचारपत्रमा प्रकाशित छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.