प्रदेश १ का विषयगत समितिका सभापतिले लिए सपथ

प्रदेश १ का विषयगत समितिका सभापतिले लिए सपथ

विराटनगर, चैत २४

प्रदेश नम्बर १ को प्रदेशसभा गठन भएको एक वर्षपछि निर्वाचित संसदको विषयगत समितिहरुका सभापतिहरुले आइतबार पद तथा गोपनियताको सपथ ग्रहण लिएका छन्  ।

एक नम्बर प्रदेशका सभामुख प्रदिपकुमार भण्डारीले संसदका सातै जना सभापतिहरुलाई सपथ ग्रहण गराएका हुन ।

प्रदेशसभाका सात विषयगत समितिहरुको बैठकबाट शुक्रबार सभापति निर्वाचित गरिएको थियो । आइतबार न्याय, प्रशासन तथा विधायन समितिका सभापति धनकुटाका सांसद इन्द्रमणि पराजुली, सुशासन तथा योजना समिति सभापति झापाका सांसद अर्जुन राई, अर्थ समितिका सभापति मोहनकुमार खड्का, सार्वजनिक लेखा समितिका सभापतिमा शिवनारायण गनगाई ,सामाजिक विकास समितिका सभापति संखुवासभाकी सांसद सरिता थापा खड्का, उद्योग पर्यटन वन तथा वातावरण समितिकी सभापति पाँचथरकी सांसद सीतादेवी थेवे र प्राकृतिक स्रोत, तथा पूर्वाधार विकास समितिको सभापतिमा सुनसरीका सांसद सर्वध्वज साँवाले सपथ लिएका छन्   ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.