त्रिभुवन विमानस्थल मर्मत शुरु भएपछि २० प्रतिशत उडान कटौति, माउन्टेन फ्लाइट मन्थलीबाट

त्रिभुवन विमानस्थल मर्मत शुरु भएपछि २० प्रतिशत उडान कटौति, माउन्टेन फ्लाइट मन्थलीबाट

काठमाडौं ,चैत २५

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मर्मत कार्य शुरु भएपछि हवाई कम्पनीहरुको २० प्रतिशत उडान कटौति गरेका छन् । तीन महिनासम्म अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान अनुमति नपाउने भएपछि हेलिकप्टर कम्पनीहरुले वैकल्पिक बाटो प्रयोग गर्न थालेका छन् ।

३ हेलिकप्टर कम्पनीले माउन्टेन फ्लाइटको लागि रामेछापको मन्थली विमानस्थलबाट उडान भरिरहेका छन् । कम्पनीहरुले दैनिक २५ देखी ३० वटा उडान भरिरहेको विमानस्थल प्रमुख अमित चौरासियले बताए । उनका अनुसार सीता, तारा र समिट एयरले उडान भरिरहेका छन् ।

हेलिकप्टर सञ्चालनको लागि आयल निगमले मन्थली मै इन्धनको व्यवस्था गरेको छ । दैनिक २ हजार किलोलिटर इन्धन पनि माग नहुने विमानस्थलमा हाल दैनिक ८ हजार किलोलिटर इन्धन बिक्री भैरहेको छ । मन्थली विमानस्थलका लागि निगमले १२ हजार किलोलिटर क्षमताको २ वटा ट्याङकर व्यवस्था गरेको निगमका नायब कार्यकारी निर्देशक शुसिल भट्टराईले जानकारी दिए ।

हवाई इन्धनको बोक्नका लागि २ नयाँ ट्याङकरको व्यवस्था गरेका छौं, कम्तिमा दैनिक एक ट्याङकरले ढुवानी गरिरहेको छ, निर्देशक भट्टराईले भने–‘इन्धन अभावमा कुनैपनि व्यवसाय रोकिनु हुँदैन ।’

यात्रु नभएपछि काठमाडौं-मन्थली उडान प्रभावित
नागरिक उड्ययन प्राधिकरणका अनुसार यात्रु नभएपछि काठमाडौं मन्थली उडान नियमित हुन सकेको छैन । सीता एयरले हप्ताको १ दिन बिहिबार उडान गर्दै आएको थियो । यात्रु अभावकै कारण नियमित उडान गर्न नसकेको विमानस्थल प्रमुख चौरासियले बताए । सीता एयरको मन्थली उडान स्थगित गर्ने या नगर्ने विषयमा थप छलफल भैरहेको प्राधिकरणका सूचना अधिकारी त्रिलोचन पौडेलले बताए । (विकास न्युजबाट)

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.