विराटनगर : प्रदेश सरकारले बृहत्तर विराट क्षेत्र गठनको तयारी सुरु गरेको छ । विराटनगर महानगरपालिकादेखि धरानसम्मको क्षेत्रलाई समेटेर बृहत्तर विराट क्षेत्र गठनको तयारी थालेको हो।
सरकारले प्रस्ताव गरेको विराट क्षेत्रमा विराटनगर, सुन्दरहरैँचा,धरान,इटहरी,इनरुवा हुँदै आसपासका १२ वटा स्थानीय तह समेटिएको छ । बृहत्तर विराट क्षेत्रको विकासका लागि प्रदेश सरकारले १२ वटा स्थानीय तहलाई समेटेर तयार पारेको बृहत विराट क्षेत्र विकास सम्बन्धमा बनेको विधेयक २०७५ प्रदेशसभामा पेश गर्ने निर्णय गरेको छ ।, यो समाचार आजको उद्घोष दैनिकमा हरि अधिकारीले लेखेका छन् ।