मकवानपुर ,चैत २९
प्रदेश ३ का सामाजिक विकास मन्त्री युवराज दुलालले सामाजिक विकास मन्त्रालयका सचिव लोकनाथ पौडेलको कार्यकक्षमा ताला लगाएका छन् ।
समयमा काम नगरेको भन्दै स्पष्टीकरण सोधिएको र अघिल्लो मितिमा फाइल सदरलगायतका काम नगरुन भनेर ताला लगाउनु परेको मन्त्री दुलालको भनाइ छ । उनले लामो समयदेखिका फाइल स्वीकृत नगरी सचिव पौडेलले थन्क्याएर राखेको तथा पदीय जिम्मेवारी बहनमा गम्भीर नदेखिएको आरोप लगाएका छन् ।
सचिवलाई कार्यकक्षमा ताला लगाईदिएपछि अवस्था सामान्य बन्न केही समय लाग्ने भन्दै प्रदेश ३ का प्रमुख सचिव आनन्दराज ढकालले पौडेललाई १० दिनको घरविदा दिएका छन् ।