कृष्णकण्ठ गरुडले १२ वर्षपछि बच्चा कोरलेको रेकर्ड

कृष्णकण्ठ गरुडले १२ वर्षपछि बच्चा कोरलेको रेकर्ड

कपिलबस्तु : संकटापन्न कृष्णकण्ठ गरुडले १२ वर्षपछि बच्चा कोरलेको छ । गरुडले लुम्बिनी उपवनको पोखरीमा बचेरा स्याहार गरिरहेको छ । मायादेवी मन्दिरपूर्व, उत्तर र पश्चिम क्षेत्रको पोखरीमा एउटा बच्चासहित एक जोडी गरुड देखिएको हो ।

नेपालमा पाइने आठ प्रजातिका गरुडमा यो सबै भन्दा राम्रो र आर्कषक मानिन्छ । कालो शरीरमा छाती र प्वाँख सेतो हुन्छ । लामो रातो खुट्टा र विशाल कालो ठोड हुन्छ । यो चरा लुम्बिनीमा देखिएपछि चराविद् र प्रकृतिप्रेमी हेर्न आएका छन् ।

‘निकै कम देखिन्छन्,’ वरिष्ठ चराविद् हेमसागर बरालले भने,‘रंगिन बनावटले मनै लोभ्याउँछ ।’, यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.