‘स्टुडेन्ट अफ दि इयर २’ को ट्रेलर सार्वजनिक

‘स्टुडेन्ट अफ दि इयर २’ को ट्रेलर सार्वजनिक

एजेन्सी, चैत २९
बलिउड चलचित्र ‘स्टुडेन्ट अफ दि इयर २’ को ट्रेलर सार्वजनिक भएको छ । सन् २०१२ को चर्चित चलचित्र ‘स्टुडेन्ट अफ दि इयर’ को सिक्वेल रहेको सो चलचित्रको ट्रेलर बिहीबार सार्वजनिक भएको हो ।

चलचित्रमा टाइगर स्रफा तथा डेब्यु नायिकाहरु तारा सुतारिया र अनन्या पाण्डेको मुख्य अभिनय रहेको छ ।कलेज जिवनमा हुने रमाइलो, प्रेम सम्बन्ध , सानोसानो कुरामा प्रतिस्पर्धाले निम्त्याउने घटनालाई ट्रेलरमा देख्न सकिन्छ ।

पुनित मलहोत्राले निर्देशन गरेको चलचित्रलाई हिरो एस जोहर, करण जोहर र अपुर्व मेहेत्ताले संयुक्त रुपमा निर्माण गरेका हुन् । २०१८ अप्रिल मै निर्माणको घोषणा गरिएको चलचित्रको केहि दिन यता मात्र पोस्टर लगायत का सामाग्रीहरु सार्वजनिक गरिएको हो । चलचित्र मार्च १० मा रिलिज हुँदैछ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.