एजेन्सी, बैशाख १
जारी इन्डियन प्रिमियर लिग(आईपीएल)मा रोयल च्यालेनजर्स बंगलोरले पहिलो जित निकालेको छ । यस अघि भएका ६ खेलमा सबैमा हार बेहोरेको बेंगलोरले शनिबार राती पञ्जावको घरेलु मैदान मोहालीमा सम्पन २८ औं खेलमा किंग्स इलाभेन पन्जावलाई ८ विकेटले पराजित गर्दै बेंगलोरले पहिलो जित हात पारेको हो ।
१ सय ७४ रनको लक्ष्य पछ्पाएको बेंगालेरले ४ बल अगाडीनै २ विकेटको क्षतिमा पुरा गर्यो । बेंगलोरको जितमा नायक बनेका एवी डी भिलियर्स ३८ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै रनमा ५९ अविजित रहे । मार्कस स्टोइनिसले १६ बलमा ४ चौका सहित २८ रन जोडे ।
ओपनर तथा कप्तान विराट कोहलीले ५३ बलमा ८ चौका प्रहार गर्दै ६७ रनमा आउट भए । कोहलीलाई १६ ओभरको तेस्रो बलमा मोहम्मद सामीले मुरुगन आश्विनबाट क्याच आउट गराए । त्यस अघि पार्थिव पटेलसँग कोहलीले पहिलो विकेटका लागि ४३ रनको साझेदारी गरेका थिए । चौथो ओभरको पाँचौ बलमा आश्विनले क्याच आउट गराउनु अघि ९ बलमा ४ चौका प्रहार गर्दै १९ रनमा पेभिलिएन फर्के ।
कोहली र एवी डी भिलियर्सले दोस्रो विकेटका लागि ८५ रनको साझेदारी गर्दै इनिङ्स उकासे । १८ औं ओभरका एन्ड्रयू टाईलाई मार्कस स्टोइनिसले २ चौका र डी भिलियसले १ छक्का प्रहार गर्दै कुल १८ रन जोडेपछि बेंगलोरको जित सहज बनेको थियो । पन्जावका लागि मोहम्मद सामी र रविचन्द्र आश्विनले समान १ विकेट लिए ।
त्यस अघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पन्जावले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ७३ रन बनायो ।पन्जावलाई बलियो अवस्थामा पुर्याउन ओपनर क्रिस गेल सानदार ब्याटिङ गरेपनि शतक बनाउन १ रनले चुके । अन्त्यसम्म नटआउट रहेका गेलले २० औं ओभरको चौथो बलमा मोहम्मद सिराजलाई चौका प्रहार गर्दै आफ्नो व्यक्तिगत स्कोर ९५ पुर्याए । पाँचौ बल डट खादा अन्तिममा चौका प्रहार गर्दा शतकको लागि १ रनले पुगेन । गेल ६४ बलमा १० चौका र ५ छक्का प्रहार गर्दै ९९ रनमा नट आउट रहे पनि त्यो जितको लागि प्राप्त रहेन ।
गेलले ओपनर लोकेश(केएल) राहुलसँग पहिलो विकेटका लागि ६६ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । सातौं ओभरको दोस्रो बलमा युजवेन्द्र चाहलले विकेटकीपर पार्थिव पर्टेलबाट स्टम्पिङ आउट गराउनु अघि राहुलले १५ बलमा २ चौका र १ छक्का प्रहार गर्दै १८ रन जोडे । मयंक अग्रवाल र सरफराज खान समान १५ रनमा आउट भए । मन्दीप सिंह १८ रनमा अविजित रहे । बेंगलोरका लागि युजवेन्द्र चाहलले २,मोईन अली र मोहम्मद सिराजले समान १ विकेट लिए ।