लुक्लामा समीट एयरको विमान दुर्घटना,दुई जनाको मृत्यु

लुक्लामा समीट एयरको विमान दुर्घटना,दुई जनाको मृत्यु

बैशाख १, २०७६ काठमाडौं: लुक्लामा रहेको तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा भएको समिट एयरको विमान दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।

उड्ने क्रममा  धावनमार्गबाट चिप्लिएर मनाङ र श्री एयरलाइन्सको हेलिकोप्टरमा ठोक्किएर दुर्घटनामा परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले जानकारी दिएका छन् ।

दुर्घटनामा परी समीट एयरका  को पाइलट एस ढुंगाना र प्रहरी असई रामबहादुर खड्काको मृत्यु भएको प्रवक्ता तिवारीले पुष्टि गरेका छन् ।  समीट एयरकै अर्का  कोपाइलट आरबी रोकाय गम्भीर घाइते रहेको बताइएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.