काठमाडौँ, बैशाख २
बझाङमा सोमबार बिहान भूकम्प गएको छ । नेपाली समय अनुसार सोमबार बिहान करिब ४ बजेर २७ मिनेटमा ४.८ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्प मापन केन्द्रका अनुसार बझाङ सदरमुकाम चैनपुरबाट पुर्वमा पर्ने जयपृथ्बी नगरपालिका–१ कैलासमा केन्द्रबिन्दु बनाएर भुकम्प गएको हो । भूकम्पबाट खास कुनै क्षति भएको विवरण नआएपनि स्थानीयमा त्रास पैदा गरेको छ ।