NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
क्लब विश्वकपको उपाधि कसलाई ?यस्तो आयो भविष्यवाणी सोमवार असार २३ , २०८२
रास्वपा र राप्रपाले प्रधानमन्त्रीलाई पनि सुनेनन्,संसद बहिष्कार सोमवार असार २३ , २०८२
पाकिस्तानको दुवै हातमा लड्डु? चीनपछि अमेरिकाबाट किन्दैछ हतियार सोमवार असार २३ , २०८२
मधेश नेपालबाट अलग हुने फरार नेताको राष्ट्रघाती अभिब्यक्ति सोमवार असार २३ , २०८२
‘कुलिङ पिरियड’ छलछामको छानबिन गर्न को–को चुनिए ? सोमवार असार २३ , २०८२
Next
Prev

समाचार

स्वस्थ बच्चा जन्माउँदै एचआइभी सङ्क्रमित आमा

सोमवार बैशाख २ , २०७६
Reading Time: 1 min read
A A
Advertisement
डोकोमा राखेर आमाले बच्चा फाल्न लगेपछि…
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

बाँके,बैशाख २

सरकारले एचआइभी सङ्क्रमित आमाबाट बच्चामा सर्ने एचआइभी रोकथाम (पिएमटिसिटी) कार्यक्रम लागू गरेपछि स्वस्थ बच्चा जन्माउन थालेका छन् । यसअघि सङ्क्रमित आमाले जन्माएका बच्चामा पनि एचआइभी सङ्क्रमण देखिन्थ्यो भने चिकित्सकहरुले पनि त्यस्ता आमालाई सन्तान नजन्माउन सुझाव दिन्थे ।

‘एचआइभी सङ्क्रमित भएपछि बच्चा नजन्माउन चिकित्सकले सुझाव दिएका थिए तर अहिले भने यो सम्भव भएको छ,’ एक आमाले भनिन्, ‘सन्तान पाउने वर्षैको इच्छा पूरा भएको छ, स्वस्थ बच्चा पाउँदा आफू निकै खुशी भएकी छु ।’ औषधि विज्ञानको नयाँ प्रविधिले फड्को मारेपछि ऊक्त रोगबाट सङ्क्रमित आमाले जन्माउने शिशुलाई पूर्णरुपमा स्वस्थ बनाउने गरेको छ ।

Advertisement

पिएमटिसिटी कार्यक्रम लागू भएपछि एचआइभी सङ्क्रमित आमाहरु स्वस्थ बच्चा जन्माउन थालेपछि खुशी भएका छन् । बाँकेमा गत आर्थिक वर्षदेखि हालसम्मको अवधिमा १७ जना सङ्क्रमित आमाले स्वस्थ बच्चा जन्माएका छन् । गत आवमा १२ र चालू आवमा पाँच जना एचआइभी सङ्क्रमित आमाले स्वस्थ बच्चा जन्माएको भेरी अस्पतालले जनाएको छ ।

‘सङ्क्रमित सबै आमाबाट जन्मेका शिशु पहिलो चरणको जाँचमा स्वस्थ देखिएका छन्,’ भेरी अस्पतालका फिजिसियन तथा एचआइभीका स्रोत व्यक्ति डा सङ्केत रिसालले भने, ‘पहिलो जाँचमा नेगेटिभ देखिएको शिशुमा एचआइभी सङ्क्रमण हुने सम्भावना निकै कम रहन्छ ।’ सङ्क्रमित आमाका लागि अस्पतालमा छुट्टै वार्डसमेत खडा गरिएको छ ।

गर्भवती महिलाको अनिवार्य एचआइभी परीक्षण गरिन्छ । पोजेटिभ पाइएका आमाको शुरुदेखि अन्तिम चरणसम्म निगरानी गरिन्छ । ‘गर्भवती भएका महिलामा एचआइभी सङ्क्रमण भएको पाएपछि निगरानी शुरु गर्छौं , त्यही अनुसारको उपचार व्यवस्था मिलाउँछौं,’ डा. रिसालले भने, ‘सङ्क्रमित भएका केही गर्भवती महिला अझै पनि निगरानीमा छन् । सन्तान नजन्माउँदासम्म निगरानी गरी उपचार गर्छौं ।’

सङ्क्रमित गर्भवती महिलालाई एन्टी रेक्टो भाइरल ट्रिटमेन्ट (एआरटी) औषधि नियमित खुवाइन्छ । त्यसले गर्भवती आमाबाट बच्चामा एचआइभी सार्न रोक्छ । चिकित्सकका अनुसार बच्चा जन्मेपछि प्रोफाइल लेसिस नामक झोल खुवाइन्छ । शिशुको स्वास्थ अवस्था जाँच्न डिएनए पिसीआर गरिन्छ ।

सङ्क्रमित आमाबाट जन्मेका शिशु १८ महिना पुगेपछि फेरि जाँच गरिन्छ । सङ्क्रमित आमाको दूध चुस्दा एचआइभी सर्ने खतरा हुने भएकाले बच्चाका लागि पनि औषधि प्रयोग गरिँदै आएको छ । चिकित्सकका अनुसार गर्भवती आमाबाट जन्मिने शिशुलाई पनि निगरानीमा राखिने गरिएको छ । चिकित्साशास्त्रको आधुनिकीकरणसँगै सङ्क्रमित आमाको सपना पनि पूरा भएको छ । स्वस्थ शिशु जन्माउन पाएकामा उनीहरू खुसीसँगै दङ्ग छन् ।

बाँकेमा एचआइभी सङ्क्रमित भएका शतप्रतिशत गर्भवती महिलाले स्वस्थ बच्चा जन्माएका छन् । यो निकै ठूलो उपलब्धि भएको चिकित्सकको दाबी छ । असुरक्षित यौन सम्पर्कले हुने एचआइभीको सङ्क्रमण गर्भवती आमाबाट सिधै नवजात शिशुमा सर्छ । तर सङ्क्रमित भएको पुष्टि भइसकेका मध्ये निकै कम व्यक्ति उपचारका लागि पुग्ने गरेका कारण जोखिम बढाएको छ ।

सङ्क्रमित गर्भवती महिला नियमित चिकित्सकको सम्पर्कमा रहनुपर्छ । उनीहरूले चिकित्सकले दिएको सुझाव मानेमा स्वस्थ बच्चा जन्माउन सहज हुन्छ । नियमित औषधि प्रयोग नगर्ने आमाबाट सङ्क्रमित बच्चा जन्मिने खतरा रहने गर्छ । बाँकेमा एचआइभी सङ्क्रमण दर बढ्दो छ । सामाजिक बहिष्करणमा पर्ने त्रासका कारण सङ्क्रमित व्यक्तिहरु लुकेरै बस्न बाध्य भएका छन् ।

अस्पतालका अनुसार हालसम्म एक हजार २०० एचआइभी सङ्क्रमित अस्पतालको सम्पर्कमा आएका छन् । तीमध्ये ४४० जनाले नियमित औषधि प्रयोग गर्दै आएका छन् । अझै पनि धेरै सङ्क्रमित सार्वजनिक हुन नचाहेकाले एचआइभी सङ्क्रमणको सङ्ख्या बढी हुने अनुमान गरिएको छ । कामका सिलसिलामा विदेश जाने सर्वसाधारण एचआइभीको बढी जोखिममा पर्ने गरेका छन् ।

घर फर्किंदा रगत परीक्षण नै नगरी सम्पर्क गर्ने गरेका कारण श्रीमतीलाई सजिलै एचआइभी सर्ने गरेको पाइएको छ । गर्भवती आमाको रगत परीक्षणका लागि नेपालगञ्जस्थित भेरी अस्पताल र प्राथमिक सेवा केन्द्रमा व्यवस्था मिलाइएको छ भने प्राथमिक सेवा केन्द्र र स्वास्थ्य चौकीमा पनि रगत परीक्षण गरिँदै आएको छ ।

स्वास्थ केन्द्रले सङ्क्रमित गर्भवती महिलालाई अस्पतालमा रिफर गर्दै आएका छन् । स्वास्थ्य कार्यालय बाँकेको तथ्याङ्कअनुसार सबैभन्दा बढी नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा र राप्तीपारिका क्षेत्र एचआइभी सङ्क्रमणको उच्च जोखिममा छन् । असुरक्षित यौन सम्पर्क र साझा सुई प्रयोग गर्ने दुव्र्यसनी एचआइभी र एड्सबाट सङ्क्रमित हुने गरेका छन् ।

कार्यालयका स्वास्थ्य अधिकृत रामबहादुर चन्दका अनुसार बेरोजगारीका कारण वैदेशिक रोजगारीमा जाने र असुरक्षित यौन सम्पर्कमा संलग्न हुने भएकाले युवा एचआइभीको जोखिममा छन् । लागुपदार्थ दुव्र्यसनी र त्यसका प्रयोगकर्ता, यौनकर्मी पनि यसको उच्च जोखिममा छन् । तर परामर्श तथा जाँच केन्द्र स्थापना विस्तारसँगै सङ्क्रमित व्यक्तिको पहिचान हुन थालेपछि यसको संक्रमण बढी देखिएको छ ।–काशीराम शर्मा/रासस

लोकप्रीय

क्लब विश्वकपको उपाधि कसलाई ?यस्तो आयो भविष्यवाणी

क्लब विश्वकपको उपाधि कसलाई ?यस्तो आयो भविष्यवाणी

सोमवार असार २३ , २०८२
संसद्मा ‘किर्ते’ काण्डको नालीबेलीः नक्कली सांसददेखि मुसाकाण्डसम्म

रास्वपा र राप्रपाले प्रधानमन्त्रीलाई पनि सुनेनन्,संसद बहिष्कार

सोमवार असार २३ , २०८२
३ सय पाकिस्तानी डुबेपछि मानवतस्करमाथि पाकिस्तान सरकारको अपरेशन

पाकिस्तानको दुवै हातमा लड्डु? चीनपछि अमेरिकाबाट किन्दैछ हतियार

सोमवार असार २३ , २०८२

विचार

थप समाचार

क्लब विश्वकपको उपाधि कसलाई ?यस्तो आयो भविष्यवाणी
खेलकुद

क्लब विश्वकपको उपाधि कसलाई ?यस्तो आयो भविष्यवाणी

सोमवार असार २३ , २०८२
संसद्मा ‘किर्ते’ काण्डको नालीबेलीः नक्कली सांसददेखि मुसाकाण्डसम्म
ताजा समाचार

रास्वपा र राप्रपाले प्रधानमन्त्रीलाई पनि सुनेनन्,संसद बहिष्कार

सोमवार असार २३ , २०८२
३ सय पाकिस्तानी डुबेपछि मानवतस्करमाथि पाकिस्तान सरकारको अपरेशन
अन्तर्राष्ट्रिय

पाकिस्तानको दुवै हातमा लड्डु? चीनपछि अमेरिकाबाट किन्दैछ हतियार

सोमवार असार २३ , २०८२
मधेश नेपालबाट अलग हुने फरार नेताको राष्ट्रघाती अभिब्यक्ति
ताजा समाचार

मधेश नेपालबाट अलग हुने फरार नेताको राष्ट्रघाती अभिब्यक्ति

सोमवार असार २३ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14
Currently Playing

World News: Chinaले ताइवान र Russiaले नेटोमा एकैसाथ ह*म*ला गर्ने, ब्रिक्स ‘अमेरिका विरोधी’

World News: Chinaले ताइवान र Russiaले नेटोमा एकैसाथ ह*म*ला गर्ने, ब्रिक्स ‘अमेरिका विरोधी’

00:14:24

World News:Ukraineमा रासायनिक ह*ति*यार प्रयोग तीव्र, टेक्सास बाढीमा मृ*तक थपिदै || Nepal Times

00:19:24

World News: यु*द्धविरामका लागि हमास तयार, Trump संग Zelensky को गुहार || Nepal Times

00:11:21

World News:Trumpले आप्रवासीलाई सुडान पठाउने, America–Vietnam सम्झौतामा China रिसायो || Nepal Times

00:17:42

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

00:18:31

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

विनोद चौधरी संकटमा, सर्वोच्चमा मुद्दा, पार्टीभित्र शेखरसँग वाकयुद्ध

विनोद चौधरी संकटमा, सर्वोच्चमा मुद्दा, पार्टीभित्र शेखरसँग वाकयुद्ध

आइतवार असार २२ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२

हालका पोस्टहरू

क्लब विश्वकपको उपाधि कसलाई ?यस्तो आयो भविष्यवाणी

क्लब विश्वकपको उपाधि कसलाई ?यस्तो आयो भविष्यवाणी

सोमवार असार २३ , २०८२
संसद्मा ‘किर्ते’ काण्डको नालीबेलीः नक्कली सांसददेखि मुसाकाण्डसम्म

रास्वपा र राप्रपाले प्रधानमन्त्रीलाई पनि सुनेनन्,संसद बहिष्कार

सोमवार असार २३ , २०८२
३ सय पाकिस्तानी डुबेपछि मानवतस्करमाथि पाकिस्तान सरकारको अपरेशन

पाकिस्तानको दुवै हातमा लड्डु? चीनपछि अमेरिकाबाट किन्दैछ हतियार

सोमवार असार २३ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.