विदेशमा मृत्यु भएका कामदारको शव ढुवानीमै १ करोड २१ लाख खर्च

विदेशमा मृत्यु भएका कामदारको शव ढुवानीमै १ करोड २१ लाख खर्च

काठमाडौं : यो चालू आर्थिक वर्षको सुरु ८ महिनाको अवधिमा सरकारले वैदेशिक रोजगारको सिलसिलामा मृत्यु भएका कामदारकोे शव ढुवानी गर्न करिब १ करोड २१ लाख रुपियाँ खर्चेको छ । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका अनुसार ५ सय १९ मृतक कामदारको शव ढुवानी गर्न उक्त रकम खर्च भएको हो ।

साउनदेखि फागुनको दोस्रो सातासम्मको अवधिमा त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट मृतकको घरसम्म शव लैजाँदा उक्त रकम खर्च भएको बोर्डले जनाएको छ ।

यस अवधिमा वैदेशिक रोजगारमा गएका मृतक कामदारमध्ये ५ सय १० पुरुष र ९ महिला रहेका छन् । यो अवधिमा ज्यान जाने कामदारको संख्या भने ५ सय ५३ रहेको छ ।

विदेशमा कागजी प्रक्रिया पुगेको मृतक कामदारको शव १ हप्ताभित्र आइपुग्ने तर कागजात नपुगेको मृतक कामदारको शव आइपुग्न बढीमा एक महिना लाग्ने गरेको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका सूचना अधिकारी दिनबन्धु सुवेदीले बताएकाे समाचार आजकाे नेपाल समाचारपत्रमा छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.