केन्द्रले पठाएको कर्मचारी स्थानीय तहले फिर्ता गरे

केन्द्रले पठाएको कर्मचारी स्थानीय तहले फिर्ता गरे

काठमाडौँ : संघीय सरकारले समायोजन गरी पठाएका कर्मचारीलाई केही स्थानीय तहले फिर्ता पठाएका छन् । आफूसँग साविकमा कार्यरत कर्मचारी पर्याप्त भएको भन्दै संघीय सरकारले पठाएका कर्मचारी फिर्ता पठाएका हुन् ।

कर्मचारी फिर्ता पठाउने स्थानीय तहमा काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, भक्तपुर नगरपालिका र मध्यपुर थिमि नगरपालिका छन् ।स्थानीय मन्त्रालयका निमित्त सचिव सुरेश अधिकारीले मन्त्रालयले समायोजन गरी पठाएका ३० जना कर्मचारी स्थानीय तहले फिर्ता पठाएको जानकारी आएको बताए ।, यो समाचार आजको नागरिक दैनिकमा भुवन शर्माले लेखेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.