एजेन्सी, बैशाख २
मलेसियामा जारी आईसीसी यू–१९ विश्वकप छनोटअन्तर्गत एसिया क्षेत्रको नेपालले आफ्नो तेस्रो खेलमा आज घरेलु टोली मलेसियासँग खेल्दैछ ।नेपालले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । यो समाचार तयार पार्दासम्म मलेसियाले तीन ओभर एक बलमा एक विकेटको क्षतीमा ११ रन बनाएको छ । मेलेसियाले सिंगापुरलाई २ सय १७ रनले पराजित गरेको नेपाल दोस्रो खेलमा यूएईसँग भने बर्षको कारण डकवर्थ लेविस मेथडका आधारमा १ रनले पराजित भएको थियो ।
यो सँगै अघिल्लो चरणको यात्रा नेपालको कठिन बनेको छ । यूएईको बाँकी नतिजा नेपाल अनुकुल आएमा मात्र नेपालले विश्वकप खेल्न पाउनेछ । मलेसियाले सुरुवाती दुवै खेल हारेको छ । यूएईसँग ५ विकेटले पराजित भएको मलेसिया ओमानसँग ४६ रनले पराजित भएको थियो । नेपालले यू१९ मा मलेसियालाई पछिल्ला ५ खेलमा नै पराजित गरेको छ ।