विराटनगर, बैशाख २
विराटनगर महानगरपालिका–१६ दरैयाबाट प्रहरीले आईतबार १ थान पेस्तोल बरामद गरेको छ । बिहान १० बजे स्थानीयले बाँसको झ्याङमा लुकाई राखेको शंकास्पद बस्तु देखे पश्चात इलाका प्रहरी कार्यालय रानीमा जानकारी गराएका थिए ।
तत्पश्चात रानीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा रंङको बट्टा भित्र कालो प्लाष्टिकमा पोको पारेर लुकाई राखेको मेड इन युएसए लेखिएको पेस्तोल थान–१, म्याग्जिन थान–१ र सोही पेस्तोलमा प्रयोग हुने २ राउण्ड गोली फेला पारी बरामद गरेको हो ।
बरामद पेस्तोल बारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।