भरुवा बन्दुकले आफ्नै पेटमा हान्दा युवकको मृत्यु

भरुवा बन्दुकले आफ्नै पेटमा हान्दा युवकको मृत्यु

सोलुखुम्बु, वैशाख २
सोलुखुम्बुको माप्य दुधकोशी गाउँपलिका–४ डाँडागाउँमा आइतबार भरुवा बन्दुकले आफ्नै पेटमा हान्दा एक युवकको मृत्यु भएको छ ।

अपरान्ह ५ बजे घरमा कोही नभएको समयमा असारमान राईको छोरा बर्ष २० को सुमन राईले आफ्नै कोठामा रहेको भरुवा बन्दुकले आफ्नै पेटको नाईटो मुनि गोली हानेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

गोलीले लागेर गम्भीर घाईते भएका राईलाई उपचारको लागि जिल्ला अस्पताल फाप्लु लैजाने क्रममा आईतबार राती राती साढे १ बजे बाटोमा नै मृत्यु भएको हो र शव परिक्षणको लागि सोही अस्पताल पठाईएको उक्त कार्यालयले जनाएको छ ।

उक्त भरुवा बन्दुक प्रहरीको नियन्त्रणमा राखिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.