सुनसरी, बैशाख २
सुनसरीको भोक्राह–नरसिंह गाउँपालिका–३ सर्बैया टोलमा कुटपिटबाट आइतवार एक बृद्धको मृत्यु भएको छ ।
राती साढे ११ बजे भोक्राह–नरसिंह गाउँपालिका–७ बस्ने २९ वर्षीय शंकर मण्डल र २५ वर्षीय बुदु मण्डलले सोही ठाउँ बस्ने ७५ बर्षीय जागेश्वर मण्डल पुरानो रिसिईवीको कारण कुटपिट गरेका थिए ।
कुटपिटबाट मण्डलको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घटनामा संलग्न दुवै जनालाई प्रहरिको नियन्त्रणमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ । शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल सुनसरीमा राखिएको छ ।