छोराको विवाह खर्च कटाएर सामुहिक विवाह

छोराको विवाह खर्च कटाएर सामुहिक विवाह

विराटनगर : विराटनगर मेनरोडका शिवरत जोशीले आफ्नो छोराको विवाह खर्च कटाएर पाँच जोडी सन्थाल युवाको सामुहिक विवाह गरिदिएका छन् । सोमबार जैन भवनमा विराटनगरमा आयोजित कार्यक्रममा ५ जोडी सन्थाल युवायुवतीको सामुहिक विवाह गरिएको हो ।

विराटनगरस्थित जनजाति कल्याण आश्रम आमाको माया छात्रबास र मारबाडी युवा मञ्चको संयोजनमा सामुहिक विवाह सम्पन्न भएको हो । गाउँ र शहरबीच सांस्कृतिक अन्तरघुलनका साथै आर्थिक अभावकै कारण विवाह गर्न नसकेकालाई सहयोगको उद्देश्यसहित आयोजना गरिएको विवाहमा झापाका दुई र मोरङका तीन जोडीले लगनगाँठो बाँधेका हुन् ।

नगरक्षेत्रको अतिथी सदनमा जम्मा भएको बेहुला पक्ष परम्परागत पोशाक पहिरिएर सांस्कृतिक नृत्य गर्दै जन्ती लिएर सोमबार दिउँसो जैन भवन पुगेपछि सन्थाल रित अनुसार वैवाहिक अनुष्ठान सम्पन्न भएको छ ।, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.