यू–१९ विश्वकप छनोट : ओमानविरुद्ध नेपाल पहिला ब्याटिङमा

यू–१९ विश्वकप छनोट : ओमानविरुद्ध नेपाल पहिला ब्याटिङमा

एजेन्सी, बैशाख ३
मलेसियामा जारी आईसीसी यू–१९ विश्वकप छनोटअन्तर्गत एसिया क्षेत्रको नेपालले आफ्नो चौथो खेलमा आज ओमानसँग खेल्दैछ ।

नेपालले भर्खरै सम्पन्न टसमा हारेर पहिला ब्याटिङको निम्तो पाएको छ । सिंगापुरलाई २ सय १७ रनले पराजित गरेको नेपाल दोस्रो खेलमा यूएईसँग भने बर्षको कारण डकवर्थ लेविस मेथडका आधारमा १ रनले पराजित भएको थियो । तेस्रो खेलमा मलेसियालाई ८ विकेटले पराजित गरेको थियो ।

यूएईसँग १ रनले पराजित भएसँगै नेपालको अघिल्लो चरणको यात्रा कठिन बनेको छ। यूएईको बाँकी नतिजा नेपाल अनुकुल आएमा मात्र नेपालले विश्वकप खेल्न पाउनेछ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.