ढलान भएको दुई दिनमै पक्की पुल गर्ल्यामगुर्लुम

ढलान भएको दुई दिनमै पक्की पुल गर्ल्यामगुर्लुम

गुल्मी : जिल्लाको बडीगाढ खोलामा निमार्णधीन पक्की पुल ढलान गरेको दुई दिनमै भत्किएको छ । मुसिकोट नगरपालिका–३ र ७ को वडागाँउ र वामी जोड्ने झेदीको पुल ढलान गरेको दुई दिन बित्न नपाउँदै भत्किएको हो ।

तत्कालीन जिल्ला प्राविधिक कार्यालय गुल्मीमार्फत वाइटी जयबुद्ध कन्स्ट्रक्सन प्रालिले निर्माण गर्दै गरेको सो पुल शुक्रबार ढलान गरिएको थियो ।बिचमा पिल्लर नभएको ५५ मिटर लामो सो पुल २०७३ सालमा सम्झौता भई २०७४ सालमा निर्माण थालिएको थियो । अहिले यसको अनुगमनको जिम्मा प्रदेश ५ अन्तर्गत भौतिक पूर्वाधार विकास कार्यालय गुल्मी मातहत रहेको छ ।,यो समाचार आजको नागरिक दैनिकमा शिवलाल सुवेदीले लेखेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.