विराटनगर, बैशाख ३
मोरङको कटहरी गाउँपालिकास्थित एक कृषि फर्ममा आगलागी हँदा २ सय बढी कुखुरा जलेका छन् । कटहरी गाउँपालिका ५ नवटोलियास्थित कृति कृषि फर्ममा गएराति भएको आलागीबाट खोरमा रहेका २ सय ५० वटा ब्रोइलर कुखुरा जलेर नष्ट भएका हुन ।
आगलागीबाट कुखुरापालनका लागि बनाइएको दुई वटा सेड तथा अन्य संरचनासहित भण्डारण गरिएको कुखुराको दाना तथा उपकरणहरु समेत जलेको छ । मध्यरातको २ बजे भएको आगलागी विराटनगर महानगरपालिकाबाट गएको दुई वटा दमकलका साथै स्थानीयवासीको सहयोगमा मंगलबार बिहान ६ बजे मात्र नियन्त्रणमा आएको फर्म संचालक नितु कामतले जानकारी दिइन्।
आगलागीबाट कृषि फर्म परिसरमा रहेको सोलार सिस्टम,साईकल र मोटर लगायतका उपकरणहरु समेत जल्दा १२ लाख बढीको क्षति भएको अनुमान गरिएको छ ।