‘विर विक्रम २’ को गीत ‘बाचा’ रिलिज,वर्षा र पलको रोमान्स ( भिडियो )

‘विर विक्रम २’ को गीत ‘बाचा’ रिलिज,वर्षा र पलको रोमान्स ( भिडियो )

काठमाडौँ, बैशाख ३
चलचित्र ‘वीर विक्रम २’को ‘बाचा’ बोलको गीत रिलिज भएको छ । जेठ ३ गते रिलिज हुने सो चलचित्रको गीत मङ्गबार युट्युबबाट रिलिज गरिएको हो ।

गीतको भिडियोमा वर्षा सिवाकोटी र पल साह फिचर्ड छन् । तारा प्रकाश लिम्बु र दीपा लामाको स्वर रहेको गीतको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन् ।

यसैगरी गीत नरेश भट्टराईले लेखेका हुन् । मुस्ताङ्ग असपास र बिभिन्न देशको मनै लोभ्याउने दृश्य खिचिएको गीतको भिडियोमा प्रेमिल जोडिले एक अर्कासँग नछुट्टिने बाचा गरेका छन् ।

मिलन चाम्स्ले निर्देशन गरेको चलचित्र ‘विर विक्रम २’ ले दाजु भाइको सम्बन्ध र प्रेमको कथा बोकेको बताइएको छ । चलचित्रमा वर्षा, पलका साथै नाजिर हुसैन, बुद्दी तामाङ, देश भक्त खनाल, बिनिशा भन्डारीको अभिनय रहेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.