विराटनगर, बैशाख ३
मोरङको २ छुट्टाछुट्टै स्थानमा मंगलबार भएको आगलागीमा अन्दाजी ५५ लाख रुपयाँ बराबरको क्षति भएको छ । बिहान करिब साढे ९ बजेको समयमा मोरङको कटहरी गाउँपालिका–६ मुस्लिम टोलमा स्थानीय कृष्ण बहादुर लुईटेलको घरबाट अचानक बिद्युत सर्ट भई आगलागी हुँदा २ तले कच्ची घर, छिमेकी मनोज बिष्ट र कमल बिष्टको घर समेत जलेर नष्ट भएको थियो ।
आगलागीबाट अन्दाजी ४० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । आगलागी नेपाल प्रहरी, शशस्त्र प्रहरी, दमकल र स्थानीयबासीको सहयोगमा दिउँसो साढे १२ बजे पुर्ण रुपमा नियन्त्रणमा आएको साथै कुनै पनी मानवीय तथा चौपाया क्षति नभएको उक्त कार्यालयले जनाएको छ ।
यसैगरी बिराटनगर महानगरपालिका–५ कमल तिमिल्सिनाको घर भित्र रहेको केमीकल फ्याक्ट्रीमा मंगलबार साढे १२ बजे बिद्युत सर्ट भई अचानक आगलागी हुँदा घर भित्र रहेको सम्पुर्ण समानहरु जलेर नष्ट भई अन्दाजी १५ लाख रुपँया बराबरको क्षति भएको छ ।
उक्त आगलागी नेपाल प्रहरी, दमकल र स्थानीयवासीको सहयोगमा दिउँसो १ बजे पुर्ण रुपमा नियन्त्रणमा आएको साथै कुनै पनी मानवीय तथा चौपाया क्षति नभएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।