एजेन्सी, बैशाख ४
जारी इन्डियन प्रिमियर लिग (आईपीएल)को ३२ औं खेलमा किंग्स इलाभेन पन्जावले राजस्थान रोयल्सलाई १२ रनले पराजित गरेको छ । पन्जावको घरेलु मैदान मोहालीमा मंगलबार राती सम्पन्न खेलमा कप्तान रविचन्द्र आश्विनले अलराउण्डर प्रर्दशन गरेसँगै १ सय ८३ रनको विजयी लक्ष्य पछ्याएको राजस्थान २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७० रनमा समेटियो ।
राजस्थानका राहुल त्रिपाठीले ४५ बलमा ४ चौका सहित सर्वाधिक ५० रन जोडे । त्यस्तै जस बटलरले १७ बलमा २ छक्का र १ चौका सहित २३,सन्जु स्यामसन २७,अस्टन टर्नर शुन्य,कप्तान अजिंक्या रहाने २६ र जोफ्रा आर्चर १ रनमा आउट भए । स्टुअर्ट बिन्नी ११ बलमा ३ छक्का र २ चौका सहित ३३ रनमा अविजित रहे ।पन्जावका लागि अक्र्षदिप सिंह,कप्तान रविचन्द्र आश्विन र मोहम्मद सामीले समान २ तथा मुरुर्गन आश्विन एक विकेट लिए ।
त्यस अघि टस हारेर ब्याटिङको निम्तो पाएको पन्जावले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ८२ रन बनाएको थियो । पन्जावका लागि केएल राहुलले ५२ रन बनाए । १८ ओभरको पहिलो बलमा जयदेव उनादकटले जोफ्रा आर्चरबाट क्याच आउट गराउनु अघि राहुलले ४७ बलमा ३ चौका र २ छक्का प्रहार गरे । कप्तान रविचन्द्र आश्विनले अन्तिम ओभरमा धवन कुलकर्णीलाई २ छक्का र १ चौका सहित १८ रन बटुले । आश्विनले ४ बलमा २ छक्का र १ चौका सहित १७ रनमा नट आउट रहे ।
डेविड मिलर २७ बलमा समान २ चौका र छक्का प्रहार गर्दै ४० रनमा आउट भए । तेस्रो विकेटका लागि राहुल र मिलरले ८।३ ओभर भित्र ८५ रनको साझेदारी गर्दै पन्जावलाई बलियो योगफल सम्म युर्याएका थिए ।
छैटौं ओभरको चौथो बलमा जोफ्रा आर्चरले सन्जु स्यामसनबाट क्याच आउट गराउनु अघि क्रिस गेलले २२ बलमा ३ छक्का र २ चौका सहित ३० रन बटुले । त्यस्तै नवौं ओभरको चौथो बलमा ईश सोधीले आर्चरबाट क्याच गराउनु अघि मयंक अग्रवालले १२ बलमा २ छक्का र १ चौका प्रहार गर्दै २६ रन बटुले ।
निकोलस पुरन ५ र मन्दीप सिंह शुन्यमा आउट भए । राजस्थानका लागि जोफ्रा आर्चरले ४ ओभरमा १५ रन खर्चेर ३, ईश सोधी,जयदेव उनादकट र धवन कुलकर्णीले समान १ विकेट लिए ।