आईसीसीको नयाँ वरीयतामा नेपाल एक स्थान माथि उक्लियो

आईसीसीको नयाँ वरीयतामा नेपाल एक स्थान माथि उक्लियो

काठमाडौँ, बैशाख ४
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सार्वजनिक गरेको एकदिवसीय क्रिकेटको नयाँ वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ ।नयाँ वरीयता अनुसार नेपाल १४ औं स्थानमा रहेको छ । यसअघि नेपाल १५ औं स्थानमा रहेको थियो । टी–ट्वान्टी वरीयतामा पनि नेपाल १४ औं स्थानमै रहेको छ ।

गएको माघमा घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको तीन खेलको एकदिवसीय सिरिजमा २–१ को जित निकालेपछि नेपाल आईसीसीको वरीयतामा पर्दै आएको छ ।

उक्त सिरिजपछि नेपालले एकदिवसीय खेल खेलेको छैन । तर, अन्य टोलीको प्रदर्शन घटबढ हुँदा नेपालले एक स्थान सुधार गरेको हो ।आईसीसीको एकदिवसीय मान्यता प्राप्त १६ राष्ट्रमध्ये १४ औं स्थानको नेपालले १५२ अंक पाएको छ । नेपाल भन्दा मुनि यूएई र नेदरल्याण्ड रहेका छन् ।

वरीयताको शीर्ष स्थानमा इंग्ल्यान्ड, दोस्रोमा भारत र तेस्रो स्थानमा न्युजिल्याण्ड रहेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.