२३ वर्ष अध्यापन, घर फर्किँदा रित्तै

२३ वर्ष अध्यापन, घर फर्किँदा रित्तै

विराटनगर : सुनसरीको खनारकी तुलसा पोखरेल ५० वर्ष पुगिन् । जीवनको अमुल्य समय २३ वर्ष खनारकै एन निजी स्कुलमा अध्यापन गराईन् ।युवावस्थादेखि नै अध्यापन सुरु गरेको खनारको सनसाईन सेकेण्डरी इङ्ग्लिस स्कुलबाट गत पुसमा राजीनामा दिएर उनी घर फर्किइन्, तर रित्तो हात ।

२३ वर्ष स्कुलमा प्रावि शिक्षिकाको रुपमा काम गरेकी उनी सहजरुपमा भने निस्किएकी हाईनन् । डेढ वर्षदेखि व्यवस्थापनले दिएको मानसिक तनावका कारण राजिनामा दिएको उनी बताउँछिन् ।२३ वर्षसम्म पढाएर स्कुलबाट राजीनामा दिएकी उनी आफुले २०६६ सालमा भएको सहमती अनुसार न्युनतम् पारिश्रमिक पाउनुपर्ने भन्दै श्रम तथा रोजगार कार्यालय विराटनगर धाईरहेकी छिन् ।

श्रम कार्यालयकै रोहबरमा हिसाब गर्दा ११ लाख ५६ हजार पाउनुपर्ने देसखएको थियो । तर केही महिनायता स्कुलले पाउनुपर्ने पारिश्रमिक दिन आलटाल गरिरहेको उनको गुनासो छ । ‘२०५२ सालदेखि स्कुलमा पढाएँ । २०६६ सालमा सरकारले तोकेको न्युनतम् स्केलको ९० प्रतिशत तलब दिने सहमती भएको थियो । ’ तुलसा भन्छिन् ‘तर एकवर्ष मात्रै पाए पनि त्यसपछि नपाएकोले सम्झौता अनुसार पारिश्रमिकका लागि श्रम कार्यालयमा उजुरी गरेकी छु ।’, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.