सच्याइयो सगरमाथाबारेको गलत सूचना

सच्याइयो सगरमाथाबारेको गलत सूचना

काठमाडौं : सगरमाथा चीनमा रहेको भनी इजरायलको मृतसागरमा रहेको होर्डिङबोर्डमा राखिएको गलत सूचनालाई इजारायलस्थित नेपाली राजदूतााबासले सच्याउन लगाएको छ।,यो समाचार आजको नागरिक दैनिकमा छ ।

विश्वको सबैभन्दा अग्लो भूभाग सगरमाथामा रहेको देश नेपाल र विश्वको सबैभन्दा होचो भूभाग अर्थात् समुद्री सतहभन्दा चार सय ९० मिटर तल रहेको डेड सी (मृतसागर) भए पनि त्यहाँको होडिङ बोर्डमा सगरमाथा चीनमा रहेको उल्लेख गरेको देखेपछि राजदूताबासले सच्याउन लगाएको हो।

मृतसागर जोर्डन र इजरायलका बीच प्यालेस्टाइन टेरिटरीमा अबस्थित छ। विश्वसामु नै फरक पहिचान बनाएको मृतसागर हेर्न इजरायलमा हरेक वर्ष कम्तीमा ४० लाख पर्यटक पुग्ने गर्छन। त्यहाँ पुग्ने पर्यटकले यसभन्दा अघि विश्वको सर्वोच्च शिखर सगरमाथा चीनमा रहेको गलत सूचना प्राप्त गर्ने गरेका थिए।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.