पोखरामा बम डिस्पोज गर्ने क्रममा विस्फोट हुँदा नेपाली सेना घाइते

पोखरामा बम डिस्पोज गर्ने क्रममा विस्फोट हुँदा नेपाली सेना घाइते

कास्की, बैशाख ५
पोखरामा फेला परेको बम डिस्पोज गर्ने क्रममा एक जना नेपाली सेना घाइते भएका छन् । पोखरा–३ नदीपुर गण्डकी प्रदेशसभा भवन नजिकै बम डिस्पोज गर्दा कालिभन्ज्याङ गणका धर्मबहादुर थापा घाइते भएका हुन् ।

घाइते थापालाई पोखराको फिस्टेल अस्पतालमा सामान्य उपचार गरी काठमाडौंको छाउनी अस्पताल ल्याइएको छ । नेत्रविक्रम चन्द विप्लव नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको बन्दको दिन बिहीबार पोखराका दुई स्थानमा बम फेला परेको थियो ।

पोखरा ३ नदीपुर गण्डकी प्रदेशसभा भवन नजिकै कागजको डल्लोमा बेरेर राखेको अवस्थामा फेला परेको बम निष्कृय पार्ने क्रममा आफैंले बोकेको बारुद पड्किँदा बम सैनिक थापा घाइते भएका हुन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.