राप्रपाका नेता कार्यकर्ता पक्राउ

राप्रपाका नेता कार्यकर्ता पक्राउ

काठमाडौं, बैशाख ६्
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कार्यकर्ताहरु पक्राउ परेका छन् । शुक्रबार रत्नपार्कमा धर्म निरपेक्षताको ब्यानर तथा पोष्टर जलाउने क्रममा उनीहरु पक्राउ परेका हुन् ।

प्रहरीले राप्रपा केन्द्रीय सदस्य यवती कार्की, नानु नगरकोटी, भक्तपुर जिल्ला उपाध्यक्ष राम न्यौपाने, विद्यार्थी संगठनका अध्यक्ष महेश सिंह, महासचिव जनक फडेरा, युवक संगठनका उपाध्यक्ष मणि शिंखडा, महासचिव गुणराज राजभण्डारी लगायतलाई नियन्त्रणमा लिएको हो ।

राप्रपाले हिन्दू राष्ट्रको माग सम्बोधनका लागि सरकारलाई दबाब दिन शुक्रबार प्रदर्शन गर्दै देशैभर धर्म्निरपेक्षता लेखिएको प्ले–कार्ड र ब्यानर जलाएको थियो । राप्रपाको समर्थनमा हज्जारौं सडकमा उत्रिएका थिए ।

धर्म्निरपेक्षताविरुद्ध आन्दोलन गर्दै आएको राप्रपाले विदेशीको दबाव र प्रभावमा धर्म्निरपेक्षताको व्यवस्था गरिएको आरोप लगाउँदै यसलाई खारेज गर्न सरकारलाई दबाब दिँदै आएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.