राष्ट्रिय जनता पार्टी मोरङले मनायो तेस्रो स्थापना दिवस

राष्ट्रिय जनता पार्टी मोरङले मनायो तेस्रो स्थापना दिवस

विराटनगर, बैशाख ७
राष्ट्रिय जनता पार्टी मोरङले आफ्नो स्थापना दिवस विराटनगरमा मनाएको छ । सो पार्टीले विराटनगर जलजला चोक स्थीत पार्टी कार्यालयमा जिल्लाका नेता कार्यकर्ताको उपस्थितीमा कार्यक्रम गरी तेस्रो स्थापना दिवस भनाएको हो ।

दिवसका अवसरमा राष्ट्रिय जनता पार्टी (राजपा) मोरङका अध्यक्ष मो. कादीरले संविधान संशोधन गर्ने नियतमा सरकार नरहेकाले सवै मधेशी, आदीवासी जनजाती तथा सिमान्तकृत समुदायले सरकारलाई दवाव दिनुपर्ने बताए ।

उनले संविधानमा समान अधिकारको ग्यारेन्टी नभएकाले सवै समुदाय संविधान संशोधनका लागि एकजुट हुनुपर्ने बताए । दिवसका अवसरमा राजमा मोरङले शनिबार साँझ विराटनगरमा द्धिप प्रज्वलन गर्ने अध्यक्ष कादीरले जानकारी दिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.