एजेन्सी, बैशाख ८
जारी इन्डियन प्रिमियर लिग(आईपीएल) को ३७ औं खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलत दिल्ली क्पायिटल्सले किंग्स इलाभेन पन्जावलाई ५ विकेटले पराजित गरेको छ । कप्तान श्रेयर ऐर र शिखर धवनको अर्ध शतक तथा नेपाली लेग स्पिनर सन्दीप लामिछानेको उत्कृष्ट बलिङमा किंग्सइलाभेन पञ्जबलाई पराजित गर्दै दिल्लीले प्ले अफ बलियो बनाएको हो ।
शनिवार राती दिल्लीको घरेलु मैदान फिरोज साह कोटलामा सम्पन्न खेलमा १ सय ६४ रनको लक्ष्य पछ्पाएको दिल्लीले २ बल अगाडी ५ विकेटको क्षतिमा पुरा गर्यो । दिल्लीको जितमा कप्तान श्रेयस ऐरले ४९ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ५८ रनमा अविजित रहे ।
शिखर धवनले ४१ बलमा ७ चौका र १ छक्का प्रहार गर्दै ५६ रनको योगदान दिए । धवनले कप्तान श्रेयस ऐरसँग दोस्रो विकेटका लागि ९२ रनको साझेदारी गर्दै सहज जित तर्फ लम्काएका थिए । चौथो ओभरको पहिलो बलमा धवनसँग रनको तालेमल नमिल्दा पथ्वी शा १३ रनमा रन आउट भए । कोलिन इनग्राम १९,ऋषभ पन्त ६ र अक्षर पटेल १ रनमा आउट भए । पन्जावका लागि हार्डस विलोजेनले २ र मोहम्मद शामीले १ विकेट लिए ।
यस अघि टस हारेर ब्याटिङ थालेको पञ्जाबले २० ओभरमा ७ विकेट गुमाएर १६३ रन बनायो । उसका लागि ओपनर क्रिस गेलले ६९ रनको योगदान दिए । १३ ओभरको दोस्रो बलमा सन्दीपले अक्षर पटेलबाट बाउन्ड्री लाईन नजिकै क्याच आउट गराउनु अघि गेलले ३७ बलमा ५ छक्का र ६ चौका प्रहार गरे ।दोस्रो ओभरको चौथो बलमा सन्दीपले अर्का ओपनर के एल राहुललाई विकेटकीपर ऋषभ पन्तबाट स्टम्पिङ आउट गर्दै १२ रनमा पेभिलिए फर्काएका थिए । पन्जावका मिडिल अडरका मयंक अग्रवाल २ र डेविड मिलर ७ रनमा आउट भए ।
पन्जावको एकतर्फबाट विकेट गुम्दा अर्को तर्फबाट क्रिस गेलले आक्रमक रुपमा रन जोडि रहेका थिए । तर सन्दीपले १३ ओभरको दोस्रो बलमा क्याच आउट गराएपछि पन्जाव ठूलो योगफल बनाउनबाट चुकेको हो । यसै ओभरको अन्तिम बलमा सन्दीपले युवा अलराउण्डर साम करनलाई आफैं क्याच लिदै शुन्यमा पेभिलिएन फर्काएपछि पन्जाव संकटमा परेको थियो ।
पन्जावका तल्लोक्रमका मन्दीप सिंहले ३० र रविचन्द्र आश्विनले १६ रनमा आउट भए ।पन्जावलाई सस्तैमा रोक्न सन्दीपले४ ओभरमा ४० रन खर्चेर ३ महत्वपूर्ण विकेट लिए । त्यस्तै कागिसो रवडा र अक्षर पटेलले समान दुई विकेट लिए ।खेलमा सन्दीप स्टाईलिस्ट प्लेयर अफ द म्याच घोषित भए ।
जित सँगै दिल्ली १० खेलमा ६ मा जित र ४ मा हारका साथ तेस्रो स्थानमा यथावत रहेको छ । चेन्नई ९ खेलमा ७ मा जित र २ मा हारका साथ १४ अंक जोड्दै शीर्ष स्थानमा छ । मुम्बई १० खेलमा ६ मा जित र ४ मा हारका दोस्रो स्थानमा छ ।