काठमाडौँ, बैशाख ८
चलचित्र निर्देशक तथा कोरियोग्राफर रेनाशा वान्तवा राईले आफ्ना प्रेमी प्रज्वल समशेर जबरासँग टिकाटालो गरेकी छिन् ।आइतबार होटल शंकरमा सम्पन्न इन्गेजमेन्टमा वर बधुका नजिकका नातेदार र साथीहरु उपस्थित थिए ।
दशकअघि प्रज्वलकै फिल्म ‘मेरो एउटा साथी छ’ को सेटबाट उनीहरु एकअर्काको प्रेममा रमाउन थालेका थिए । रेनाशाले सोही फिल्म मार्फत कोरियोग्राफीमा डेब्यु गरेकी हुन् ।
उनिहरुको वैशाख २४ गते विवाहको मिती तोकिएको छ । नयाँ जिवन सुरु गर्न लागेकोमा आफु अत्यन्त खुशी भएको र विवाह पछी पनि आफ्ना प्रोजेक्टहरुमा निरन्तर अघी बढ्ने उनको भनाइ रहेको छ ।
विवाह लगत्तै उनी फिल्म ‘आई एम ट्वान्टिवान’ निर्देशन गर्दैछिन् । यसलाई प्रज्जवलले निर्माण गर्दैछन् । गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ बाट रेनशाले निर्देशनमा राम्रो सम्भावना देखाएकी थिइन् । यसमा पनि प्रज्जवलकै लगानी थियो ।









