एकता टुंगोमा पुग्यो, अब एक वर्ष्भित्र महाधिवेशनस् प्रचण्ड

एकता टुंगोमा पुग्यो, अब एक वर्ष्भित्र महाधिवेशनस् प्रचण्ड

काठमाडौं, बैशाख ९
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले निर्वाचनपछि भएको पार्टी एकता भाँड्नका लागि भएका भित्रि र बाहिरी षड्यन्त्रलाई परास्त गरी एकताको गाँठो फुकाएको बताएका छन् ।

सोमबार ७७ वटै जिल्लाका अध्यक्ष र सचिवहरुको घोषणा गर्न राजधानीमा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले यस्तो बताएका हुन् । ‘एकता सम्भवै हुँदैन र भइहाले पनि टिक्दैन भनेर भ्रम छरियो ।

कम्युनिस्टहरू मिले भने देश अधिनायकवाद र निरंकुशतातर्फ जाने खतरा हुन्छ भनेर पनि आशंका सिर्जना गरियो’, प्रचण्डले भने, ‘जिल्ला कमिटीको एकता भएपछि मिसन कमप्लिट भएको छ । जिल्ला कमिटी मै हाम्रो गाँठो परेको थियो। त्यो गाँठो फुक्यो । एकताको गाँठो फुकेको छ । फलामे ढोका फोरेर हामी अघि बढेका छौँ ।’

तत्कालीन एमाले र माओवादी केन्द्रबीच चुनावी गठबन्धन भएर निर्वाचन सम्पन्न भइसकेपछि एकता हुन नदिन षड्यन्त्रहरू भएको उनको दाबी छ ।

‘निर्वाचन सकेपछि पनि धेरै किसिमका कसरत नेपाल भित्र र बाहिर भए। तर नेपाली जनताको अगाडि हामीले जे संकल्प र प्रतिबद्धता व्यक्त गरेका थियौँ, त्यो मिसनमा अघि बढ्यौँ’, उनले भने ।

कार्यक्रममा पार्टी एकता आजैबाट टुंगोमा पुगेको स्पष्ट पार्दै अध्यक्ष प्रचण्डले आठ महिनाभित्र तल्ला सबै कमिटीका र एक वर्ष्भित्र पार्टीको महाधिवेसन सम्पन्न गर्ने बताए।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.