प्रदेश नम्बर १ मा २ सय ५ थान हतियार संकलन

प्रदेश नम्बर १ मा २ सय ५ थान हतियार संकलन

विराटनगर, बैशाख ९
१ नम्बर प्रदेशका बिभिन्न जिल्लाहरुबाट २ सय ५ थान हतियार संकलन गरिएको छ । नेपाल सरकारको २०७५ चैत्र १ गतेको निर्णय अनुसार नेपाल प्रहरीले संकलन गरेका हातहतियार मध्ये १ सय ३० थान सर्वसाधारणले प्रहरीलाई बुझाएका हुन् भने ७५ थान विभिन्न स्थानहरुबाट बरामद गरिएको हो ।

मन्त्रिपरिषदको चैत्र १ गतेको निर्णयले ३५ दिन भित्र आफुसँग भएका सबै प्रकारका हातहतियार सुरक्षा निकायमा बुझाउन आव्हान गरिएको थियो । सर्वसाधारणहरुले बुझाएका हातहतियार मध्ये अधिकांश भरुवा बन्दुक रहेका छन् ।

बुझाएका हातहतियार मध्ये ९५ थान वैध हतियार रहेका छन् भने बाँकी ३५ नाल नविकरण तथा दर्ता नगरेका अबैध हतियार रहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । संकलन गरिएका र अवैध रुपमा फेला परेका हातहतियार मध्ये सबैभन्दा बढी १ सय ६७ थान भरुवा बन्दुक रहेका छन् । १ नम्बर प्रदेशमा सबै भन्दा बढी ताप्लेजुङ जिल्लामा हातहतियार संकलन भएको छ ।

सो जिल्लामा मात्र ३८ जनाले आफुसंग भएका लाईसेन्स प्राप्त हातहतियार बुझाएका छन् भने ७४ थान हतियार वेवारीसे अवस्थामा फेला परेका छन् । यस्तै पाँचथरमा ३५, तेह्रथुममा २८, मोरङमा १५, ईलाममा ११, र भोजपुरमा २ थान हतियार संलकन भएका छन् ।

बैधानिक रुपमा हातहतियार राख्ने सर्वसाधारणले हरेक पाँच बर्षमा जिल्ला प्रशासन कार्यालयमा नविकरण गर्नुपर्ने प्रावधान रहेको छ । पाँच बर्षमा नविकरण नभएमा स्वत अबैध हुने प्रावधान रहेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.