विराटनगर,बैशाख ९
एन आई सी बैंक र न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटल विराटनगरबीच हस्पिटलले प्रदान गर्ने सेवामा छुट दिने सम्झौता भएको छ । सम्झौता अनुसार हस्पिटलमा उपचार गराउँदा बैंकबाट डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड लिएका बैंकका ग्राहक तथा बैंकमा कार्यरत कर्मचारी तथा निजको परिवारले अस्पतालको सेवामा १५ प्रतिशत सम्म छुट पाउने न्यूरो अस्पतालले जनाएको छ ।
सम्झौतामा हस्पिटलका अपरेशनल डाइरेक्टर राजेश भट्टराई र एन आइ सी बैंक विराटनगर शाखा प्रबन्धक संजिब दाहालले हस्ताक्षर गरेका छन् । न्यूरो अस्पतालले यस अघि पनि बिराटनगरको ग्लोबल आइ एम इ बैंक , सनराइज बैक , नेपाल पत्रकार महासंघ मोरङ शाखा , मेट लाइफ इन्सोरेन्स लगायतका दर्जनौ वित्तिय संघ संस्थामा आवद्ध सदस्य तथा कर्मचारीहरुलाई छुट सहितको स्वस्थ्य सेवा प्रदान गर्दै आएको छ ।