एजेन्सी, बैशाख ९
जारी इन्डियन प्रिमियर लिग (आईपीएल)को ४० औं खेलमा दिल्ली क्यापिटल्सले नेपाली लेग स्पिनर सन्दीप लामिछानलाई राजस्थान रोयल्सविरुद्ध बेन्चमा राखेको छ । दिल्लीका कप्तान श्रेयस ऐरले बुझाएको प्लेईङ ११ को सुचिमा सन्दीप अटाउन सकेनन् ।
दिल्लीले राजस्थानको घरेलु मैदान जयपुरमा टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएको छ । राजस्थानले जवाफी ब्याटिङ केहि समयमा गर्ने छ । गत शनिवार पन्जावविरुद्ध ४ ओभरमा ४० रन खर्चेर ३ विकेट लिए पनि टिममा पर्न सकेनन् । दिल्लीले आज सन्दीपको स्थानमा क्रिस मोरिसलाई मौका दिएको जनाएको छ ।जारी आईपीएलमा सन्दीपले ५ खेलमा ८ विकेट लिएका छन् ।
यस्तो छ दिल्लीको प्लेइङ ११ : शिखर धवन,पृथ्वी शा,श्रेयस ऐर(कप्तान) ऋषभ पन्त,कोलिन इनग्राम, शेरफेन रदरफोर्ड,अक्षर पर्टेल,कागिसो रबाडा,क्रिस मोरिस, ईशान्त शर्मा, अमित मिश्रा ।