विद्यार्थी भर्ना अभियान सफल बनाउन विराटनगर महानगर तात्यो

विद्यार्थी भर्ना अभियान सफल बनाउन विराटनगर महानगर तात्यो

विराटनगर, बैशाख १०
विराटनगर महानगरले विद्यार्थी भर्ना अभियान २०७६ लाई सफल बनाउन नगरस्तरीय छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । मंगलवार महानगरमा आयोजित कार्यक्रममा नगर भित्रका विद्यालयका प्राध्यानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा जनप्रतिनिधिहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

कार्यकक्रमा बोल्दै विराटनगर महानगरका मेयर भीम पराजुलीले ज्ञानको ज्योति बाल्ने महान अभियानमा आ–आफ्नो स्थानबाट सरिक हुन आग्रह गरे । विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयमा प्रवेश गराउने वातावरण तयार गर्न महानगरका सवै संयन्त्र प्रयोग गरिने मेयर पराजुलीले बताए ।

अभियानलाई प्रभावकारी बनाउन विगतमा जस्तै सरकारी तथा गैरसरकारी क्षेत्र, राजनीतिक दल, सामाजिक संघसंस्था एवं उद्योगी, व्यवसायी, अभियन्ता, शिक्षक, विद्यार्थी, अभिभावक, राष्ट्रसेवक, जनप्रतिनिधि ,पत्रकार सहित सवैको भुमिका आबश्यक रहने पराजुलीको भनाइ थियो । सामुदायिक विद्यालय सुधार तथा रुपान्तरणको अभियान अन्तरगत आफुले काम गरिरहेको उनले सुनाए ।

शिक्षा परिवर्तन महानगरको पहिलो प्राथमिकता भएको भन्दै पराजुलीले प्रविधिक ,समय सुहाउदो र नैतिकता सहितको शिक्षा प्रणाली लागुगर्ने लक्ष्यका साथ महानगर लागिरहेको बताए ।

कार्यक्रममा महानगरका प्रमुख प्रशासकिय अधिकृत एकदेव अधिकारीले शैक्षिक सत्र –२०७६ का लागि विद्यालय उमेर समूहका कुनै पनि बालबालिका विद्यालय शिक्षाबाट वञ्चित नहुने अवस्था सिर्जना गरिने बताए ।

कार्यक्रममा अभिभावक संघ प्रदेश नं.१ का अध्यक्ष देवी पन्थी,शिक्षा साखा उपसचिव दुर्गाप्रसाद खतिवडा,अभिभावक पिताम्बर दाहाल,वार्ड नं.१ का वडाध्यक्ष उद्धव अर्याल लगायतका बक्ताहरुले आ आफ्ना धारणा राखेका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.