काठमाडौं,बैशाख ११
काठमाडौं लगायत आसपासका क्षेत्रमा आज बिहान भूकम्पको धक्का महसूस भएको छ । भूकम्पमापन केन्द्रको अनुसार धादिङको नौबिसे केन्द्रबिन्दु भएर ५ दशमलपव २ रेक्टर स्केलको परकम्प गएको हो ।
बिहान ६ बजेर २९ मिनेटमा नौबिसे केन्द्रबिन्दु परकम्प जाँदा काठमाडौंसहित नुवाकोट, काभ्रे, धादिङलगायतका क्षेत्रमा पनि महसुस भएको छ ।पहिलो भूकम्पको महसुस भएको लगत्ते अर्को भूकम्प पनि महसुस भएको छ । बिहान करिब ६ ः ४२ मा अर्को भूकम्पको महसुस भएको हो ।
भूकम्पमापन केन्द्रले भूकम्पको धक्का महसुस भएको जनाए पनि यसको मापन र केन्द्रबिन्दुबारे भने केही पनि बताएको छैन । बारपाक केन्द्रबिन्दु भएर भूकम्प गएको पनि आज चार वर्ष भोलि पूरा हुने छ । २०७२ वैशाख १२ गोरखाको बारपाक केन्द्रविन्दु भएर भूकम्प गएको थियो ।
गोरखा भूकम्पले ८ हजार ७ सय ९० जना नागरिकको ज्यान लिएको थियो ।(न्युज २४बाट)