एजेन्सी,बैशाख ११
आयरल्यान्ड तथा साउथह्याम्टनका फरवार्ड सेन लङ ७ सेकेन्डमै गोल गर्दै इंग्लिस प्रिमियर लिगमा सर्वाधिक छिटो गोल गर्ने खेलाडी बनेका छन्।प्रिमियर लिग अन्तरगत मंगलबार राति वाटफोर्डविरुद्धको खेलमा लङले ७ सेकेन्डमै गोल गर्दै प्रिमियर लिगमा सर्वाधिक छिटो गोल गर्ने कीर्तिमान आफ्नो नाममा लेखाएका हुन् ।
यसभन्दा अघि यो कीर्तिमान टोटेनहमका पुर्व डिफेन्डर लिड्ले किङको नाममा रहेको थियो । सन् २००० मा लिड्ले किङले ब्राडफोर्डविरुद्ध १० सेकेन्डमै गोल गर्दै प्रिमियर लिगमा छिटो गोल गर्ने कीर्तिमान बनाएका थिए । वाटफोर्डका जेरार्ड डेउलोफिऊले सुरुवाती बल क्रेइग काथकार्टलाई दिएको थियो । उनले बललाई क्लियर गर्न खोज्दा सेन लङले भेटाएपछि प्राप्त बललाई गोलरक्षक विन फोस्टरलाई जिल्याउदै गोल गरेका थिए ।
खेल भने १–१ गोलको बराबरीमा सकिएको थियो । बराबरीसँगै वाटफोर्ड ५० अंकसँगै सातौ स्थानमा तथा साउथह्याम्पटन ३७ अंक जोडेर १६औं स्थानमा छ ।