ललितपुर, वैशाख ११
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले सोचे अनुसारको काम गर्न नसकेको बताएका छन् । ललितपुरको श्री सिद्धिमंगल माध्यमिक विद्यालयको ६३ औँ वार्षिकोत्सवमा अध्यक्ष प्रचण्डले भने, ‘विकासले जसरी गति लिनुपर्ने हो त्यो भएको छैन, अब विकासको काममा सरकार र पार्टी लाग्छ ।’उनले निर्वाचनको समयमा गरेको प्रतिबद्धा अनुसार नै अबको चार वर्ष्भित्र काम हुने बताए ।
त्यस्तै अध्यक्ष प्रचण्डले पार्टी शुद्धीकरण र सुदृढीकरणको अभियान सुुरु गर्ने पनि बताए ।‘पार्टी एकताको काम सकिएको छ, एकतापछि अब जिल्ला–जिल्लामा शुद्धीकरण र सुदृढीकरणको अभियान सुुरु गर्छौ’ उनले भने । नेकपालाई जडसूत्रवादी र अवसरवादी कम्युनिस्ट पार्टी नभएको स्थापित गर्न दाबी उनको थियो ।