एजेन्सी, बैशाख ११
उत्तर कोरियाका नेता किम जोङ–उन रुस पुगेका छन् । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ताका लागि उनी भ्लादिभोस्तोक पुगेका हुन् । उनी सशस्त्र ट्रेन चढेर त्यहाँ पुगेका थिए । दुई नेताबीचको वार्ता बिहीवार हुनेछ ।
वार्तामा आणविक हतियार तथा आर्थिक साझेदारी सम्बन्धी छलफल हुनेछ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको वर्ताा असफसल भएपछि किम रुस पुगेका हुन् ।