नेपालगञ्ज, बैशाख ११
आठौँ राष्ट्रिय खेलकुद अन्तगर्त ओलम्पियन पौडी प्रतियोगितामा गौरिका सिंहले अत्याधिक स्वर्ण हासिल गरेकी छिन् । उनले १२ स्वर्ण हासिल गरी कीर्तिमान कायम गरेकी हुन् ।
उनले पहिलो र दोस्रो दिन २–२ स्वर्ण जित्न सफल भएकी थिईन भने तेस्रो दिन चार स्वर्ण हासिल गर्न सफल भएकी थिईन् । उनले आज सम्पन्न भएको खेलमा थप चार स्वर्ण जित्न सफल भएकी हुन् । साथै आठौं राष्ट्रिय खेलकुदमा उनको स्वर्ण संख्या १२ पुगेको छ ।