काठमाडौँ, बैशाख ११
छक्का पन्जा सिरिजबाट सफलताको शिखरमा पुगेका दिपक राज गिरी– दिपाश्री निरौलाको टिमले काठमाडौँमा मल्टिप्लेक्स हल निर्माणको तयारी गरेको छ ।
मोफसलमा तत्काल लगानी गर्दा जोखिम हुने सुझाव जतासुकैबाट आएपछी मोफसलमा खोलिने भनिएको मल्टिप्लेक्स निर्माण प्रकृया स्थगित गरि काठमाण्डौंमा नै निर्माणको तयारी गरेको हो ।
एक मलमा निर्माण हुने र संयुक्त रुपमा लगानी गरे पनी नाम छक्का पञ्जा नै राखिने दिपक राज गिरीले जानकारी दिएका छन् । ज्वाइन्ट भेन्चरका लागि इच्छुकसँग सहकार्य गर्न सकिने जनाउँदै उनले यसका लागि तयारी सुरु भएको समेत बताइएको छ ।
यही शुक्रवार उनको टिमले निर्माण गरेको फिल्म ‘छक्का पञ्जा २’दोस्रो पटक हलमा प्रदर्शनमा आउँदैछ । टिमले प्रदर्शनबाट उठेको रकम संचारकर्मी रवि लामिछानेले बनाइरहेको कालिकोटको अस्पताललाई हस्तान्तरण गर्ने निर्णय गरेको छ ।









