विराटनगर, वैशाख १३
अमेरिकामा अध्ययनरत गरिमा प्रधानले विराटनगर स्थित वडा नम्बर ८ स्थित महेन्द्र माविलाई कम्युटर सहित विभिन्न शैक्षिक सामाग्री प्रदान गरेकी छन् ।
सामाजिक कार्यमा रुची राख्ने प्रधानले एक कार्यक्रमका वीच आज १० थान कम्प्युटर र विभिन्न शैक्षिक सामाग्री हस्तान्तरण गरेकी हुन् । विराटनगर महानगरका मेयर भीम पराजुलीको समन्वयमा अमेरिकाबाट आएकी प्रधानले झण्डै ४ लाख मूल्य बराबरको कम्प्युटर साथै शैक्षिक सामाग्री विद्यालयलाई हस्तान्तरण गरेकी हुन् ।
कार्यक्रममा बोल्दै मेयर पराजुलीले सामाजिक मन भएका जो कोहीले सेवा भावका काममा सक्रिय हुदा समाजले उन्नति गर्ने बताए । उनले सामुदायिक विद्यालय सुधार अभियानमा आफु होमिएको र यसका लागि सवैको साथ सहयोगको अपेक्षा रहेको बताए ।
यस्तै सामाजिक अभियानमा सक्रिय प्रधानले अमेरिकामा बसोबास गर्ने सहयोगी मनहरुको सहयोगमा विराटनगरका अझै धेरै विद्यालयहरुमा काम गर्न चाहेको बताइन ।
शिक्षा क्षेत्रको विकासका लागि सहयोग गर्न र सामाजिक कार्य नेपालमै बसेर गर्न समेत इच्छुक रहेको प्रधानले जानकारी दिइन ।कार्यक्रममा विद्यालयका प्रध्यानाध्यापक चन्द्रप्रसाद साहले विद्यालयमा छिट्टै नै प्राविधिक शिक्षाको अध्ययापन प्रारम्भ गरिने जानकारी दिए ।