एजेन्सी, वैशाख १३
भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा शुक्रबार मुम्बई इन्डियन्स र चेन्नई सुपर किङ्स भिड्दै छन् । रोहित शर्माको कम्तानीमा रहेको मुम्बई र महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नईबीच नेपाली समय अनुसार वेलुका ८ बजेर १५ मिनेटमा चेन्नईमा खेल हुनेछ ।
अहिलेसम्म ११ खेल खेलेको चेन्नई ८ मा जित निकाल्दै १६ अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा छ भने १० खेलमध्ये ६ मा जित निकालेको मुम्बई १२ अंकका साथ तेस्रो स्थानमा छ । यी दुई टिमले हालसम्म आईपीएलमा खेलेका कुल २७ खेलमध्ये मुम्बईले १५ र चेन्नईले १२ मा जित निकालेको छ ।