फोरम नेपालको मधेस प्रदेश समितिको अधिवेशन लहानमा

फोरम नेपालको मधेस प्रदेश समितिको अधिवेशन लहानमा

सिरहा, वैशाख १४
संघीय समाजवादी फोरम नेपालको मधेस प्रदेश समितिको अधिवेशन सिरहाको लहानमा सुरु भएको छ । अधिवेशनमा पार्टी अध्यक्ष उपेन्द्र यादव, उपाध्यक्ष रेणु यादव, प्रदेश(२ का मुख्यमन्त्री एवं पार्टी उपाध्यक्ष लालबाबु राउत, महासचिव रामसहाय यादव, मन्त्री ज्ञानेन्द्रकुमार यादवलगायत प्रदेश पदाधिकारी र प्रतिनिधिको सहभागिता छ ।

प्रदेश समितिको नयाँ नेतृत्वका लागि अध्यक्षमा वर्तमान अध्यक्षसमेत रहेकी उपाध्यक्ष रेणु यादव, मुख्यमन्त्री राउत, प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादव, आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादव, कृषि तथा सहकारीमन्त्री शैलेन्द्र साह, प्रदेश सचिव शेषनारायण यादव, केन्द्रीय सदस्यहरू महाजन यादवलगायत उम्मेदवार छन् ।

प्रदेश समितिको बिहीबार बसेको बैठकले मुख्य सचिव, कोषाध्यक्षलगायतको प्रतिवेदन पारित गर्दै प्रदेश अधिवेशनका लागि ३२ जना सदस्य मनोनीत गर्ने निर्णय गरेको थियो । त्यसमध्ये आठवटै जिल्लाबाट जिल्ला समन्वय समितिको सिफारिसमा ३र३ जना र ८ जना प्रदेश समितिले चयन गर्ने बताइएको छ । प्रदेश अधिवेशनमा झन्डै ५ सयभन्दा बढी प्रतिनिधिको सहभागिता छ । प्रदेशका आठ जिल्लामध्ये सिरहाबाहेक सातवटामा समन्वय समिति गठन भइसकेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.