एजेन्सी, वैशाख १५
आर्थिक संकटले केही समयकाको लागि बन्द गरिएको भारतीय एयरलाइन्स जेट एयरवेजका उच्च पदका एक कर्मचारीले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा ५३ वर्षका शैलेष कुमार सिंह रहेका छन् ।
उनले आर्थिक संकटका कारण २०१९ को मार्च देखि तलब सम्म पाउन सकेका थिएनन् । सिंह करिब तीन वर्ष देखी पेटको क्यान्सरले ग्रसित थिए । पेटको क्यान्सरले ग्रसित सिंहको बिगत चार महिनादेखी स्वास्थ्य मा झन् समस्या देखिन थालेपछी उनलाई अस्पतालमा भर्ना गराईएको थियो । गत शुक्रबारमात्र अस्पताल देखी डिस्चार्ज गरी घर ल्याईएको र सोही दिन उनले घरको चौथो तल्लाबाट हामफाली आत्महत्या गरेको भारतीय पुलिसले जानकारी गराएका छन् ।
आर्थिक संकटका कारण जेट एयरवेजका थुप्रै कर्मचारीले तलब पाएका छैनन् । सिंहका जेठा छोरा पनि जेट एयरवेजका नै कर्मचारी हुन् उनले पनी बिगत केही महिना देखी तलब पाउन सकेका छैनन् ।