एजेन्सी,बैशाख १५
जारी आईपीएलमा दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बेंगलोरविरुद्धको खेलमा नेपाली स्पिनर सन्दीप लामिछालाई प्लेइङ ११ मा उतारेको छ ।
दिल्लीको घरेलु मैदान फिरोज शाह कोटलामा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ । दिल्लीका कप्तान श्रेयस ऐरले बुझाएको प्लेईङ ११ को सुचिमा सन्दीप अटाएका छन् । क्रिस मोरिसको स्थानमा सन्दीपले मौका पाएका हुन् । सन्दीपले जारी आईपीएलमा ५ खेलमा ८ विकेट लिएका छन् ।
यस्तो छ दिल्लीको प्लेइङ ११ ः शिखर धवन,पृथ्वी शा,श्रेयस ऐर(कप्तान) ऋषभ पन्त,कोलिन इनग्राम, शेरफेन रदरफोर्ड,अक्षर पर्टेल,कागिसो रबाडा,सन्दीप लामिछाने,अमित मिश्रा र ईशान्त शर्मा ।