सप्तरी, वैशाख १६
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले २५ हजार घुससहित एक वडाअध्यक्षलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको सुरुङ्गा नगरपालिका– ५ का वडाअध्यक्ष शिल्टु मियाँ छन् । सेवाग्राहीबाट २५ हजार घुस लिँदै गर्दा सोमबार बिहान मियाँ पक्राउ परेको अख्तियारले जनाएको छ । पक्राउ परेका वडाअध्यक्ष मियाँलाई आवश्यक कारबाहीका लागि मुद्दा दर्ता गरिने अख्तियारले जनाएको छ ।